९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

रोजगारीका लागि युएई पुगेका दुई जना नेपालीमा कोरोना भेटियाे

२६ फागनु, काठमाडाैँ । रोजगारीका लागि युएई पुगेका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित नेपालीको पहिचान भने खुलेको छैन । युएईको स्वास्थ्य मन्त्रालयले दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको छ ।

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार १४ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको जनाएको छ । मन्त्रालयका अनुसार १४ मध्ये ४ जना स्थानीय नागरिक रहेका छन । त्यस्तै इटालीयन तीन नागरिक, बंगलादेशी दुइ नागरिक, रसियन एक नागरिक, भारतीय एक नागरिक र सिरियन एक नागरिक रहेका छन ।

मन्त्रालयले १४ जना थप कोरोनाको संक्रमण पुष्टिभएसँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । चीनबाट सुरू भएको कोरोनाको संक्रमण विश्वव्यापी बनेको छ । यसले विश्वमा हजाराैँ मानिसको ज्यान लिन सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च जोखिम रहेका मुलुकहरूमा थप सतर्कता अपनाउन भनेको छ ।

यद्यपी कोरोनाको भ्याक्सिन पत्ता नलागेको कारण यसले थप विकराल रूप लिने देखिएको छ । चिनियाँहरूले कोरोनाको भ्याक्सिन तयार गरेको दाबी गरेका छन । पछिल्लो दिनमा चिनमा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

प्रकाशित मिति : March 9, 2020 at 7:20 pm