प्रधानमन्त्री ओलीलाई भेट्ने समिक्षाको चाहना, विष्णु रिमाललाई सोधिन ‘मामालाई कस्तो छ ?’
२५ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने भान्जी नता पर्ने समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहना व्यक्त गरेकी छिन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग उनले यस्तो चाहना राखेकी हुन ।
रिमालले आइतबार बिहान संग्राैलालाइ भेटेका थिए । रिमाल भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गरेको समाजिक सञ्जाल मार्फत जानकारी दिएक छन । रिमालले संग्राैलालाइ प्रधानमन्त्रीसँग भेट्ने पहिलो भिजिटर बनाउने बताएको फेसबुकमा उल्लेख गरेका छन ।

जवाफमा रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्राैलालाई भनेको फेसबुकमा उल्लेख गरेका छन । उनले आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने उहाँप्रति आफूले सम्मान प्रकट गर्दैै सङ्ग्राैला भर्ना भएको वार्डबाट निस्किएको उल्लेख गरेका छन । बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमै स्वास्थ्य लाभ गरिरहेका छन ।
प्रकाशित मिति : 14:23









