२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

पत्रकार वीरेन्द्र साहका हत्यारा तत्कालीन माओवादी कार्यकर्ता कुन्दन फाैजदार पक्राउ

२५ फागुन, काठमाडाैँ । पत्रकार वीरेन्द्रकुमार साहका हत्यारा कुन्दन फौजदार पक्राउ परेका छन । फौजदारलाई शनिबार राति २ बजे प्रहरीले पक्राउ उनकै घरबाट पक्राउ गरेको छ ।

१२ वर्षदेखि फरार रहेका बारागढी गाउँपालिकाको गडहल निवासी फौजदारलाई पक्राउ गर्ने बेलामा प्रहरीले ४ राउन्ड हवाई फायर गर्नु परेको थियो । बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार हवाई फायरपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

हत्या भएका पत्रकार वीरेन्द्रकुमार साह ।

२०६४ असोज १८ गते एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेका तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थियो। हत्यारामध्येका दुई जना फरार छन्। फौजदारसहितका केही माओवादी कार्यकर्ताले पत्रकार साहलाई चरम यातना दिएर हत्या गरेका थिए । फौजदारलाई अदालत मुझाइने एसपी पंगेनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : March 8, 2020 at 8:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/