लक्ष्मणदत्त पन्तलाई ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड
मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स अवार्ड प्राप्त गर्नुभएको छ । भारतको बैङ्लोरमा आयोजित १४औँ ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले उहाँलाई सो अवार्ड प्रदान गरेको हो । उक्त अवार्डलाई अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ ।

पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रियरूपमा पु¥याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो । बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मनुभएका उहाँ विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा क्रियाशील हुनुहुन्छ । ११ वर्षअघिदेखि विश्वव्यापीरूपमा प्रदान गरिँदै आइएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुनुहुन्छ ।
प्रकाशित मिति : March 8, 2020 at 8:41 am









