नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डीआईजी डा. राजीव सुब्बाले दिए राजिनामा
२३ फागुन, काठमाडाैँ । नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले दिए राजिनामा दिएका छन । सुब्बाले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन् । सुब्बाले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी संगठनमा सिनियर भन्दा जुनियर हाबी हुने र चेन अफ कमान्ड समेत मिचिदैँ जान थालेपछि प्रहरी भित्र असन्तुष्टि चुलिन थालेको छ । पछिल्लो समय डिआइजीबाट सीधै एआइजी हुने संस्कृति बनेपछि धेरै वरिष्ठ प्रहरी अधिकृत असन्तुष्ट बनेका छन । पछिल्लो समय एआइजी पदको गरिमा समेत घटेको छ । एआइजीबाट आइजीमा बढुवा हुने अनिवार्य प्रावधन रहन्थ्यो भने शायद त्यो खालको असन्तुष्टि कम हुने थियो होला ।
राजनीतिक निकटका आधारमा प्रहरीका वरिष्ठ अधिकृतको सरूवा र बढुवा हुने परम्परा एक किसिमले संस्थागत नै हुन थालेको छ । राजिनामा दिनेहरूले यस्ता विषय खुलस्त नराखेपनि राजिनामाको मुख्य कारण संगठनभित्रको असन्तुष्टि नै हुने गरेको छ । शुक्रबार राजिनामा दिएका सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए ।
प्रकाशित मिति : March 6, 2020 at 9:00 pm









