७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कोरोनाको नाममा एसइइ परीक्षा स्थगित हुने हल्लाको पछि नलाग्न शिक्षा मन्त्रालयको आग्रह


२३ फागुन, काठमाडौँ । नेपाल सरकार शिक्षा मन्त्रलायले कोरोनाको नाममा परीक्षा स्थगित हुने हल्लाको पछि नलाग्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । शुक्बार विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले एसइइ परीक्षा नै स्थगित हुन्छ भनेर भएका हल्ला भ्रममात्र भएको भन्दै भ्रमको पछि नलाग्न अनुरोध गरेको छ ।

मन्त्रालयले चैत ६ अघि नै परीक्षाहरू सक्न विद्यालयहरूलाइ निर्देशन दिइएको उल्लेख गर्दै एसइइसको पूर्व निर्धारित परीक्षा तालिकामा कुनै पनि किसिमको फेरबदल नहुने जनाइएको छ । सहसचिव समेत रहेका मन्त्रालयका प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सूचना र समाचारको भ्रममा नपर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १६:२३