५० हजार घुस लिने इन्सपेक्टर खगेन्द्र चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा
२३ फागुन, काठमाडौँ । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै चापागाईंले ५० हजार रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हाे । चापागाईंले झापाको टांघनडुब्बास्थित बीओपीमा कार्यरत रहेको समयमा उक्त रकम घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
प्रकाशित मिति : March 6, 2020 at 3:49 pm







