१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

विष्णु रिमालमार्फत प्रधानमन्त्री ओलीको सन्देश ‘छिट्टै म काममा फर्किन्छु’

२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाल मार्फत आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेट्न पाएका सल्लाहकार रिमालले भेटपछि प्रधानमन्त्रीको सन्देशसहित ट्वीट गरेका छन ।

रिमालले प्रधानमन्त्रीलाई भेटेपछि ट्वीटरमा लेखेका छन् ‘सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ।’ छिट्टै म काममा फर्किन्छु। धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !’

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएपछि त्यही सघन कक्षमा उपचार गराउँदै आएका छन । अस्पतालले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको बताएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि धेरैले शुभकामना दिइरहेका पनि छन ।

प्रकाशित मिति : 12:16