९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

श्रीमतीको हत्या गर्ने श्रीमानलाई २० वर्ष कैद

२३ फागुन, दैलेख । श्रीमतीको हत्या गर्ने श्रीमानलाई दैलेख जिल्ला अदालतले २० वर्ष कैदकाे फैसला सुनाएकाे छ । श्रीमानलाई गरेको छ ।

२३ वर्षीया रत्ना रावतको हत्या गरेको कसुरमा सुर्खेतको लेकबेसी नगरपालिका ८ साटाखानीका ३० वर्षीय नवलसिंह बिरकट्टालाई अदालतले २० वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेकाे हो ।

रत्ना ४ वर्षअघि माइती गाउँ चामुण्डाका स्थानीय युवासँग विवाह गरी भारतको गढवाल पुगेकी थिइन् । रत्नालाई उनकाे अघिल्लो पतिसँगै मजदुरी गर्ने नवलसिंहले त्यहाँबाट भगाएर सिमलामा पुर्याए र गएको जेठको पहिलो हप्तामात्र सुर्खेतको साटाखानी पुर्‍याएका थिए ।

माईतीमा आएको तेस्रो दिन २०७६ जेठ ९ गते गोठाला गएको मौका पारी नवलसिंहले रत्नाको हत्या गरेको प्रहरी अनुसन्धान र घटनाप्रकृतिले पुष्टि गरेको अदालतको फैसलामा उल्लेख छ । घटनाको दोस्रो दिन नवलसिंहले रत्नाको शव काफलगैरामा भेटिएको भनि रुपैडिया पुगेर टेलिफोनमा खबर छोडेको आधारमा खोजी गर्दा शव फेला परेको थियो ।

गएको जेठ ११ गते पीडित पक्षले कर्तव्य ज्यान अर्थात् हत्या आरोपमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा गएको असार ३ गते भारतको सिमलाबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : March 6, 2020 at 10:30 am