मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा माधव नेपाल, अब नेकपाभित्र पूर्व एमाले गुटको नेतृत्व गर्ने !
२२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बिहीबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा देखिएका छन । सोही कार्यक्रममा नेता नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताएका छन । फाउण्डेशनले काठमाडाैँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा नेपालले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताए ।
उनले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिए । मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै नेपालले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिए ।

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । “समाजवाद नै अहिलेको ध्येय हो । त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उनले भने ।
नेपाल अब नेकपा भित्र पूर्व एमाले गुटको नेता
वरिष्ठ नेता नेपालले अब नेकपा भित्र पूर्व एमाले गुटको नेतृत्व लिने भएका छन । यसका लागि अभ्यास समेत सुरू भएको छ । बिहीबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रमुख वक्ताको रूपमा नेपालको सम्बोधन यसैको एउटा रूप हो । विगतमा पूर्व एमाले भित्रको केपी शर्मा ओली गुटको उपमा दिएको फाउण्डेसनको कार्यक्रममा नेपालको उपस्थिति आफैँमा महत्वपूर्ण छ । नेपाल समूहले फाउण्डेसनलाई ओली गुट चलाएको आरोपमात्र लगाएर घनश्याम भुषाल र योगेश भट्टराइहरूलाई सारेर मदन भण्डारी अध्ययन केन्द्रको नाममा गुट चलाउने प्रयास गरेको थियो ।
यद्यपी उनीहरूको प्रयास सफल भएन । पार्टीमा अध्ययन केन्द्रवाला भन्दा बढी मजबुद फाउण्डेसनवाला बनेका थिए । पूर्व एमालेभित्रका सबैलाई मिलाएर त्यसको नेतृत्व लिन नेपाल निकटका र ओली निकटका नेताहरूले उनलाई पटक पटक अनुरोध समेत गरेका छन । कतिपय नेपाल निकटका नेताले त पदको लोभमा नबिक्न र पूर्व एमाले वृतको भावना बोक्न भन्दै सचेत नै गराउने गरेका छन ।
ओली गुटका नेता नेपाल निवासमा
बिहीबार नै माधवकुमार नेपालको निवास कोटेश्वरमा एउटा अचम्मको दृष्य देखियो । जहाँ तत्कालीन लुम्बिनी अञ्चलका ओली गुटका भनेर चिनिएका विष्णु पौडेल समूहका नेताहरू हुल बाँधेर पुगे । नेपालका केही कार्यकर्ता पनि सँगै रहेको अवस्थामै नेताहरूले कुरा सुरू गरे । कमरेड हजुरले पार्टी मिलाउने काम गर्नुपर्यो । यो आग्रह गर्ने थिए राष्ट्रियसभामा पार्टीका सचेतक खिमलाल भट्टराई । भट्टराईसहितका नेताले कोटेश्वरमा एक घण्टा बढी बिताएको प्रत्यक्षदर्शी एक विद्यार्थी नेता बताउँछन ।
नेताहरूको अनुरोध पनि नेपालले ओलीले अफ्ठेरो पर्यो भन्दै मलाइ सहयोग माग्न आउने तपाइहरूले विगतमा मलाइ ओलीले पेल्दा नपेल भनेर किन भन्नु भएन भनेर प्रतिप्रश्न गरे । त्यसपछि केहीबेर छलफलमा सन्नटा छायो पछि माधव नेपाल निरन्तर बोल्दै गए । उनले पार्टीका निम्ति त्यतिधेरै त्याग गरेका बामदेव गौतम प्रधानमन्त्री किन बन्न सक्दैन रु भन्दै प्रतिपश्न गर्दै दुइ महिनाका लागि भए पनि यही संसदको अबधिमा प्रधानन्त्री बनाउने उठोट बताए । नेपाल भेट्न गएका नेताहरूले सबैको अभिभावक बनेर पार्टीमा समन्वात्मक भूमिका निर्वाह गरिदिनु अनुरोध गरे ।
प्रकाशित मिति : 21:23









