९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

‘बर्थ डे’मा गर्ने खर्च कटाएर क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग

२२ फागुन, काठमाडाैँ । क्रिकेट रङ्गशाला निर्माणका लागि जन्म दिनको अबसरमा शान्त जिरेलद्वारा ५१ हजार सहयोग २२ फागुन, काठमाडौं दोलखाका युवा ब्यवसायी शान्त कुमार जिरेलले जन्म दिनको अबसरमा जनस्तरबाट निर्माण भइ रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण का लागि सहयोग गर्नु भएको छ ।

युवा उद्यमी शान्त कुमार जिरेलले आफ्नो जन्मदिनको अवसरमा रङ्गशाला निर्माणका लागि ५१ हजार १ सय ५० रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । दोलखाको बैतेश्वोर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपामा जन्मनु भएका जिरेलले जन्म दिनको अबसरमा आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि रङ्गशाला निर्माणका अभियानता सिताराम कटेल धुर्मुशलाइ रकम हस्तान्तरण गरिएको हो ।

राष्ट्र निर्माण तपाईं हाम्रो अभियान भने अभियानका साथ सुरु गरिएको रङ्गशाला निर्माण अभियानमा जनस्तर बाट सहयोग प्राप्त हुने क्रममा दोलखाजिल्लाको अल्पसंख्यक समुदायको उद्यमि शान्त कुमार जिरेलले सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । सबैको साथ र सहयोगका कारण अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण तिब्र गतिमा भइ रहेको र केही महिनामा नै निर्माण सम्पन्न हुने सिताराम कटेल धुर्मुशले बताउनु भयो ।

क्रिकेट खेलको राम्रो बिकाश तथा समर्थकहरु रहेको नेपालमा नागरिकको पहलमा नेपालमानै पहिलोपटक अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण भइ रहेको र तेस्को लागि आफ्नो क्षेत्रबाट बाट पनि केही सहयोग होस भन्ने उदेश्यले रङ्गशाला निर्माणका लागि सहयोग गरेको शान्त कुमार जिरेलले बताउनु भयो ।

प्रकाशित मिति : March 5, 2020 at 7:22 pm