९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

अज्ञात समूहद्धारा हुलाकी मार्ग निर्माणमा प्रयोग गरिएका जेसिभी र स्काभेटरमा आगजनी

२२ फागुन, कपिलवस्तु । अज्ञात समूहले कपिलवस्तुमा ६ वटा गाडीमा आगजनी गरेको छ । बुधवार राति विजयनगर गाउँपालिका-२ लोहरैला भन्ने स्थानमा ५ वटा गाडी र शिवराज नगरपालिका वडा नम्बर ९ मा एउटा गाडीमा आगजनी भएको हाे । विजयनगरमा २ वटा जेसिभी, एउटा स्काभेटर र २ वटा जीपमा आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी सुुनील मल्लका अनुसार लोहोरौलामा हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका २ जेसिभी, २ स्काभेटर र २ स्कारपियोमा आगजनी भएको छ । आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको मल्लले बताए ।

प्रकाशित मिति : March 5, 2020 at 10:35 am