९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सेवाग्राहीलाई प्रहरी कार्यालयभित्रै बलात्कार गरेर ज्यान लिने धम्की दिने पूर्व डिएसपी खिउजु पक्राउ

२१ फागुन, काठमाडाैँ । सेवाग्राहीलाई प्रहरी कार्यालयभित्रै बलात्कार गरेको अभियोग लागेका पूर्व डिएसपी राजकुमार खिउजु पक्राउ परेका छन । बलात्कारको मुद्दा लाग्ने डरले नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका डिएसपी भक्तपुरबाट पक्राउ परेका हुन ।

खिउजू कार्यकक्षमै सेवाग्राहीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो ।ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले खिउजीलाई पक्राउ गरिएको पुष्टि गरेका छन ।

उनका अनुसार पाटन अस्पतालमा खिउजुको स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखिएको छ । खिउजीले ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी रिपोर्ट बनाउन गएकी महिलामाथि कार्यकक्षमै बलात्कार गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छिन । खिउजीले ती महिलामाथि उल्टै ज्यान मार्ने धम्की समेत दिएका थिए ।

प्रकाशित मिति : March 4, 2020 at 8:20 pm