प्रधानमन्त्री ओलीको होस खुल्यो (विज्ञप्तिसहित)
२१ फागुन, काठमाडाैँ । मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो। मिर्गौला दाता भाञ्जी समीक्षा भुसाल र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो। समीक्षाको देब्रे मिर्गौला झिक्ने शल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेका थिए।
शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो। ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ। उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भने, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ।’

प्रकाशित मिति : March 4, 2020 at 4:45 pm







