३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

प्रधानमन्त्री ओलीको मिर्गौलाकाे सफल प्रत्यारोपण

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाकाे सफल प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि नयाँ मिर्गौलाले काम गर्न थालेको उपचामा संलग्न  एक चिकित्सकले जानकारी दिए।

अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिने र करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने ती चिकित्सकले बताए। यसबारेमा अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउनेछ । अब चिकित्सकहरुले नयाँ मिर्गौलाबारे तीन घण्टा पछाडिको अवस्था हेर्नेछन्। त्यसपछि तीन दिन र एक सातासम्म मिर्गौलाले अहिले जस्तै काम गरे ढुक्क हुने चिकित्सकहरुको भनाइ छ।

प्रकाशित मिति : March 4, 2020 at 3:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/