९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै नुवाकोटको जालपादेवी मन्दिरमा ‘शान्ति पूजा’

२१ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै नुवाकोटको जालपादेवी मन्दिरमा ‘शान्ति पूजा’ गरिएको छ । अनेरास्ववियू नुवाकोट अादर्श बहुमुखी क्याम्पस कमिटीको अायोजनामा विदुरनगरपालिका वडा नम्बर ५ मा रहेको जलपादेवी मन्दिरमा ‘शान्ति पूजा’ गरिएको अध्यक्ष विष्णुहरि रिमाल सत्यले जानकारी दिए ।

शान्ति पूजामा अनेरास्ववियूका नेता कार्यकर्ताका साथै नेकपा नुवाकोटका कार्यालय सदस्य बुद्धि प्रधान, युवा संघका नेता उद्धव पनेरू लगायत पनि सहभागी भएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यलाभका लागि तीन जना बाहुनले पाठ गरेका थिए । प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण अहिले चलिरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा भैरहेको दोस्रो मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली खटिएको छ । प्रत्यारोपणको काम सकिन करिब ६ घण्टा लाग्ने जनाइएको छ । यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ ।  

प्रकाशित मिति : March 4, 2020 at 10:09 am