१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

केशव स्थापितको गाँजा विधेयक संसदमा दर्ता, सबै नेपालीलाई करोडपति बनाउने अठोट

२० फागुन, हेटाैँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिनुभयो ।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । सोमबार सङ्घीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराउनु भएको थियो ।

किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेशसभा सदस्य स्थापितले जानकारी दिनुभयो ।उहाँले नियम बनाएर गाँजाखेती गराउँदा सबै नेपालीलाइ करोडपति बनाउन सकिने अठोट पनि प्रस्तुत गर्नुभयाो।

प्रकाशित मिति : 17:30