मोदीले नेपालमा नाम लिएकै दिन आईपीएलमा सन्दिपको डेब्यु
२९ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अन्तिम दिन सम्बोधनका क्रममा युवा क्रिकेटर सन्दिप लामिछानेको नाम लिएकै दिन आईपीएलमा सन्दिपले डेब्यु गरेका छन । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनको अक्सनमा २० लाख भारतीय रुपैयाँमा दिल्लीले किनेका सन्दीपले यसअघि कुनै खेलमा अवसर पाएका थिएनन् । मोदीले नेपालमा उनको नाम लिएकै दिन अवसर पाएका छन ।
नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले बल्ल प्लेइङ ११ मा उतारेको हो । सन्दीपले भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध आईपीएलमा डेब्यु गरेका हुन् । यसअघिका १० खेलमा अवसर नपाएका सन्दीपलाई दिल्लीले आईपीएलको प्लेअफको दौडबाट बाहिरिएपछि अवसर दिएको हो ।
प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार २०:५१