१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अर्थमन्त्री डा युवराज खतिवडाले राजिनामा दिए

२० फागुन, काठमाडाैँ । डा युवराज खतिवडाले अर्थमन्त्रीबाट राजिनामा दिएका छन । राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिने भएपछि डा खतिवडाले पदबाट राजीनामा दिएका हुन । खतिवडाको राजीनामा राष्ट्रपति कार्यालय पुगेकाे छ ।

प्रविधिक कारणले राजिनामा दिएका खतिडा पुनः अर्थमन्त्रीमै नियुक्त हुने नेकपा उच्चस्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् र उनको भोलि सपथ हुनेछ ।

प्रकाशित मिति : 16:48