९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बलात्कारको मुद्दा लागेका सिद्धबाबा भनिने कृष्णदास गिरी जेल चलान

२० फागुन, काठमाडौँ । बलात्कारको मुद्दा लागेका सिद्धबाबा भनिने कृष्णदास गिरी अदालतको आदेशमा जेल चलान भएका छन । मंगलबार बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा उपस्थित भएका गिरीलाई पुर्पक्षमा राखेर अनुसन्धानका लागि झुम्का कारागार पठाइएको स्रेस्तेदार नगेन्द्र केसरी पोखरेलले जानकारी दिए ।

उच्च अदालतको आदेशमा गिरी जेल चलान भएका हुन । उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो । अदालतामा उपस्थित हुन आएका गिरीलाई थुनुवा पूर्जी दिएर कारागार पठाइएको छ ।  गिरीलाई १६ मंसिमा सुनसरी प्रहरीले पक्राउ गरेको थियो । उनी माथि गत ४ कात्तिकमा बलात्कार गरेको किटानी जाहेरी परेको थियो ।

प्रकाशित मिति : March 3, 2020 at 1:59 pm