कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
२० फागुन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सभापति देउवाले मिर्गौला पुनःप्रत्यारोपणका लागि आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

“प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सभापति देउवाले उल्लेख गर्नुभएको छ । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रकाशित मिति : 08:10









