८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस्ः काँग्रेस नेता सिटौला

१९ फागुन, भद्रपुर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताउनुभयो । आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उहाँले भन्नुभयो, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”

उहाँले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : March 2, 2020 at 8:00 pm