प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना
१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दाेस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल पुगेका हुन् । बुधबार प्रधानमन्त्री ओलीकाे मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् ।

प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि भिडियो सन्देश जारी गर्दै मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।
प्रत्यारोपणपूर्व प्रधानमन्त्री ओलीलेको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए । “प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछ”, उनले भने । प्रधानमन्त्रीको मुटुको एञ्जियोग्राफी जाँच गर्दा भने मुटुमा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए ।
प्रकाशित मिति : March 2, 2020 at 6:44 pm









