९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने छु : प्रधानमन्त्री ओली (भिडियाेसहित)

१९ फागुन, भक्तपुर । दाेस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले ३ मिनेट १९ सेकेन्ड लामो भिडियोमा उपचारपछि आफू थप आत्मविश्वास र ऊर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । ‘जसरी राम्रो खेलाडीले खेलको बीचमा मैदान छाड्दैन, त्यसैगरी म पनि हाम्रा जागृत हुँदै गरेका सपनालाई छाडेर अलप हुन्नँ,’प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा भनेका छन् ।

भिडियोमा प्रधानमन्त्री ओलीले आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्

प्रकाशित मिति : March 2, 2020 at 6:27 pm