९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रचण्डमाथि जुत्ता रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न अनुमति

१९ फागुन, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिरुवालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


नेकपा नेता भरतमोहन अधिकारीको आइतबार राष्ट्रियसभा गृहमा आयोजित स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । लगत्तै उनी पक्राउ परेका थिए । घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ ।

प्रकाशित मिति : March 2, 2020 at 3:38 pm