३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश : पशुपतिनाथले सधैं स्वस्थ राखून्

१९ फागुन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। आज मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई माेदीले स्वास्थ्लाभको कामना गर्दै पशुपतिनाथले सधै स्वस्थ्य रहन प्रेरणा मिलोस भनेका छन्। त्यस्तै माेदीले नेपाल भारतकाे सम्बन्ध थप उचाइमा पुगाेस भनेका छन्।

प्रधानमन्त्री ओली आज मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुँदै छन्। ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गर्न लागिएको हो। १२ वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेका ओलीको यो दोस्रो प्रत्यारोपण हो।

प्रकाशित मिति : March 2, 2020 at 10:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/