९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विमानस्थलमा कोरोनाको परीक्षण सुरु, पूर्वराजा ज्ञानेन्द्र दम्पतिको पनि परीक्षण (भिडियोसहित)

१९ फागुन, काठमाडौँ । त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण सुरु गरिएको छ । आइतबार रातिदेखि कोरोनाको संक्रमणको परिक्षण सुरु गरिएको हो । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ट्विट मार्फत छोटो भिडियो राख्दै परीक्षण सुरु भएको जानकारी दिएका छन ।

दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र काेमल शाह आइतबार स्वदेश फर्किने क्रममा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।

प्रकाशित मिति : March 2, 2020 at 12:39 am