सरकारले लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलायो, नुवाकोटका महेन्द्र पाण्डे राजदूतमा सिफारिस
१८ फागुन, काठमाडाैँ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

आइतबारकै मन्त्रिपरिषद् बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नुवाकोटका महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गर्न प्रस्ताव गरेका थिए ।
पाण्डे तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको भूमिकामा रहेका थिए । उनी अहिलेसम्मको सीमित सफल परराष्ट्रमन्त्रीको सूचीमा अग्रस्थानमा पर्ने व्यक्ति हुन । पाण्डे पछिल्लो समय नेकपा नुवाकोटको इन्चार्ज तोकिएका थिए ।
यो पनि पढ्नुहोस्
प्रकाशित मिति : 22:03









