१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

भ्रष्टाचारीलाई कारबाही गर्दैजाँदा सबैजसो स्थानीय तह खाली हुने अवस्थाः गृहमन्त्री थापा

१८ फागुन, पर्वत । नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको भन्दै असन्तुष्टि जनाएका छन । नेकपा पर्वतले राखेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अख्तियारको स्रोत उल्लेख गर्दै भ्रष्टाचार डरलाग्दो रूपमा बढेको बताए ।

गृहमन्त्री थापाले स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने स्थानीयतहहरू नै खाली हुने अवस्था सृजना हुने डर देखिएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था छर्लंङ्ग हुने बताए ।

प्रकाशित मिति : 20:16