१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बिजय गच्छादारको बचाउमा सडकमा निस्किएको नेविसंघ गोकुल बाँस्कोटाविरूद्ध सडकमा

१८ फागुन, काठमाडौँ । ललिता निवास प्रकरणमा अख्तियारले अभियुक्त बनाएका नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारको बचउमा सडकमा निस्किएको नेपाल विद्यार्थी संघ गोकुल बास्कोटाको विरूद्धमा सडकमा निस्किएको छ । अख्तियारले अभियुक्त बनाएका गच्छेदारलाइ निर्दोष छन भनेर सडकमा नाराबाजी गर्ने नेविसंघले आरोपमात्र लागेका बास्कोटाको विरूद्धमा भने सडक तताउन सुरू गरेको छ ।

हुनत गच्छदारको चाउमा सडकमा निस्किएदेखि नै धेरैले नैतिकता हराएको नेविसंघ भन्दै टिप्पणी गरेका छन । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएको भनेर प्रचार गरिएका बाँस्कोटाले आफ्नो मानहानी भएको भन्दै अदालतमा मुद्दा हालिसकेका छन भने अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्र स्वीस कम्पनीको दलाल नरहेको र ठगमात्र रहेको तथ्यहरू सार्वजनिक भैसकेका छन ।

 नेविसंघले आइतबार बाँस्कोटाविरूद्ध प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको आरोप लगाए ।

प्रकाशित मिति : 12:54