९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बच्चा बोकेकी महिलालाई तिघ्र फुट्ने गरी लाठी हान्ने इन्स्पेक्टर देवीप्रसाद पौडेल हटाइए

१८ फागुन, काठमाडाैँ । बच्चा बोकेकी महिलालाई निर्घात कुटपिट गर्ने नेपाल प्रहरीका इन्स्पेक्टर देवीप्रसाद पौडेल हटाइएका छन । नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा पाैडेलले अर्कै महिलामाथि निर्घात कुटपिट गरेका थिए ।

इन्सपेक्टर पाैडेलले साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई नियोजित रूपमै कुटपिट गरेको भिडियोबट देखिन्छ । पाैडेललाइ भैँसेपाटीबाट हटाएर जावलाखेल तानिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले भैंसेपाटीमा प्रहरी निरीक्षकमा सुजित ओझालाई पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : March 1, 2020 at 12:44 pm