नेकपाले बोलायो सचिवालय बैठक, बैठकको मुख्य एजेन्डा उपाध्यक्ष वामदेव गाैतम
१८ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । बामदेव गौतको विषयले राष्ट्रिय राजनीति तातिरहेको समयमा नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा ११ः३० बजे बैठक बोलाइएको जनाइएको छ । अघिल्लो बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।

यद्यपी उक्त निर्णय भएको ३० मिनेटमै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्ने संकेत दिएका थिए । बामदेव गौतमका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल गौतमको पक्षमा रहेका छन भने बाँकी सचिवालयका सदस्यले गौतमको नाममा पार्टी र सरकारको लोकप्रियता माथि प्राहर हुन दिन नहुने बताएका छन ।
प्रकाशित मिति : 09:24









