१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएः पूर्वमन्त्री बस्नेत

१७ फागुन, काठमाडाैँ । नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताउनुभएको छ । आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ । ”

पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाउनुभयो ।

गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले दोषी भएमा कोही उम्किन नसक्ने बताउनुभयो । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

युवासङ्घका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसारनै काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 23:04