३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

नेकपा फुट्दैन, कोही पनि पार्टी बिखण्डनको पक्षमा लाग्दैनन्ः वरिष्ठ नेता खनाल (भिडियोसहित)

१७ फागुन, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताउनुभएको हो ।

सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले भन्नुभयो, “पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।”

उहाँले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताउनुभयो । उहाँले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताउनुभयो । “पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन”, उहाँले भन्नुभयो । नेता खनालले एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने दोहो¥याउनुभयो । एमसिसी सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : February 29, 2020 at 10:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/