८ असार २०८३, सोमबार | Tue Jun 23 2026

जन्ती बोकेको बस धादिङकाे चरौंदीमा दुर्घटना

१६ फागुन, धादिङ । जन्ती बोकेको बस धादिङकाे चरौंदीमा दुर्घटना भएकाे छ । शुक्रबार बेनीघाट रोराङ–५ चरौंदी पुलमा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौँबाट स्याङजातर्फ जाँदै गरेको बा १ प ८९२ नम्बरको पर्यटक बोक्ने बस बा १ घ ६३० नम्बरको ट्रक र बा ८ ख ९४९२ नम्बरको जन्ती बोकेको डिलक्स बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये ४ जनालाई भरतपुर अस्पताल पठाइएको तथा २ जनाको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । तीनवटै सवारी चालकहरुलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : February 28, 2020 at 5:25 pm