८ असार २०८३, सोमबार | Tue Jun 23 2026

सिद्धबाबामा खसेकाे ढुंगा लागेर कांग्रेस नेता श्रेष्ठकाे निधन

१६ फागुन, बुटवल । सिदार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते भएका गुल्मी रेसुङ्गा नगरपालिका- ८ का ४८ वर्षीय कांग्रेस नेता महेन्द्र प्रसाद श्रेष्ठ (बाबुकाजी) को निधन भएको छ ।


आफ्नै लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा फागुन १४ गते बुधबार गुल्मीदेखि बुटवल जाँदै गरेका श्रेष्ठकाे वर्षाका कारण तिनाउँ गाउँपालिका- ३ सिद्धबाबामा ढुंगा खसेर शरीरमा गम्भीर चोट लागेको थियो ।

नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका- ८ का सभापति समेत रहेका श्रेष्ठकाे शुक्रबार बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्‍यु भएको हाे ।

प्रकाशित मिति : February 28, 2020 at 1:26 pm