८ असार २०८३, सोमबार | Tue Jun 23 2026

तीनदिने सुदूरपश्चिम भ्रमण सकेर फर्कंदै राष्ट्रपति भण्डारी

१६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ति (बुधबार) देखि थालेको तीनदिने सुदूरपश्चिम भ्रमण आज सकिँदै छ । उनी आज राजधानी आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम भ्रमणका क्रममा उनले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको उद्‍घाटन, खाना महोत्सवको उद्‌घाटन गर्नुका साथै धनगढीमा रहेको शिवनगर खानेपानी आयोजनाको निरीक्षण गरेकी थिइन् ।

यस्तै भण्डारीले दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन कार्यक्रममा सरिक भइन् ।

आज भने डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : February 28, 2020 at 6:50 am