८ असार २०८३, सोमबार | Tue Jun 23 2026

जनकपुरमा बिना ट्रायल ५ हजारमै लाइसेन्स ! नक्कली लाइसेन्स बनाएर बेच्ने रुवी मिश्र पक्राउ

१५ फागुन, धनुषा । नक्कली सवारीचालक अनुमति पत्र (लाइसेन्स) बेच्ने गिरोहकी सदस्य रहेकी एक महिला पक्राउ परेकी छिन । नक्कली लाइसेन्स बनाउँदै बेच्ने गरेको अारोपमा प्रहरीले धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका-९ की रुवी मिश्रलाई पक्राउ गरेको हो ।

मिश्रले सर्वसाधारणसँग पैसा लिएर नक्कली मोटरसाइकल चालक अनुमति पत्र बनाउने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मिश्रलाई जिल्ला अदालत धनुषामा पेश गरी ४ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताएका छन ।

प्रहरीले सवारी जाँचका क्रममा महोत्तरीको गौशाला नगरपालिका-१२ बस्ने हरि नारायण भन्ने कृष्णदेव कुशवाहाको लाइसेन्स नक्कली फेला परेको थियो । त्यस सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कृष्णदेवले आफूलाई रुवी मिश्रको छोरा चन्दन सिंहले ५ हजार रुपैयाँ लिएर लाइसेन्स बनाइदिएको बयान दिएका थिए ।

प्रकाशित मिति : February 27, 2020 at 6:40 pm