विदेश पठाउने बहानामा ठगी गर्दै आएकी मनमैँजुकी पूर्णिमा श्रीष पक्राउ
१५ फागुन, काठमाडाैँ । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
पीडितले गत माघ २८ मा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : February 27, 2020 at 6:32 pm









