सरकार भ्रष्टाचारमा डुबेपछि जनतामा निराशा छायोः कांग्रेस नेता केसी
१५ फागुन, काठमाडौँ । नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सरकार भ्रष्टाचारमा डुबेपछि जनतामा निराशा छाएको बताएका छन । नुवाकोटको बेलकोटगढीमा रहेको मालिका माविको अभिभावक भेलामा नेता केसीले सरकार भ्रष्टाचारमा मात्र इमान्दार बनेको आरोप लगाए ।

उनले गोकुल बाँस्कोटा एक्लैको आँटले ७० करोडको बार्गेनिङ गर्न नसक्ने भन्दै प्रधानमन्त्री लगायतको संलग्ता रहेको विषयमा छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए । नेता केसीले झुट र भ्रमको आश्वासन बाडेर बहुमत त प्राप्त गरे पनि कम्यनिस्टहरूले काम गर्न नसकेको बताए ।
उनले जताततै बलात्कार, हत्या हिसां, आतंक, भष्ट्रचारले प्रसय मात्रै पाएको र जनतामा चरम निराशा बढाएको बताउदै अहिलेको सरकार र बामगठबन्धन चाँडै नै तोडिने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बहादुरसिह लामा, जिल्ला सभापति जगदिश्वर नरसिह केसि लगायत उपस्थित रहेका थिए ।
प्रकाशित मिति : 18:07









