२१ गते राष्ट्रियसभा सदस्यको सपथमा भेट हुन्छः अर्थमन्त्री खतिवडा
१५ फागुन, काठमाडौँ । अर्थ र सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले २१ गते राष्ट्रियसभा सदस्यको सपथमा भेट हुने बताएका छन । बिहीबार नेपाल सरकार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पत्रकारको प्रश्नको जवाफ दिँदै २१ गते हुने सपथ समारोहमा भेट हुने जानकारी दिए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने ‘हेर्दै जानुस् न, २१ गते सपथ ग्रहण छ। तपाईंहरुसँग त्यहिँ नै भेट भइहाल्छ नि, नभए कुराकानी भइ नै रहन्छ। अहिले यति नै ।’ मन्त्री युवराज खतिवडाले संसद् र सरकारमा निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने चर्चा भइरहेका बेला उनी स्वयंले २१ गतेका लागि तय भएको शपथग्रहणमा आफू पनि हुने बताएका हुन ।
प्रकाशित मिति : February 27, 2020 at 5:43 pm









