७० करोडको अडियो गोकुल बाँस्कोटाको हैन, दोषी जसरी प्रचार गरेको भन्दै प्रधानमन्त्री आक्रोशित
१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७० करोडको अडियोका बारेमा पहिलो पटक सार्वजनिक रूपमा मुख खोलेका छन । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ७० करोडको अडियोबारे मुख खोलेका हुन ।

प्रधानमन्त्री ओलीले ७० करोडको अडियो आफ्नो नभएको विषयमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफूलाइ जानकारी दिएको बताए । उनले बाँस्कोटाको बारेमा दोषीलाइ जस्तो गरी प्रचार गरिएको भन्दै आक्रोश पनि पोखे ।
बास्क्टाले बात लाग्ने बित्तिकै बाँस्कोटाले राजिनामा दिएको भन्दै ओलीले भने, ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’ ओलीले बाँस्कोटाले पनि अडियोको बारेमा न्याय खोज्ने बताएको जानकारी दिए ।
प्रकाशित मिति : 17:32









