८ असार २०८३, सोमबार | Tue Jun 23 2026

ज्ञानको आदनप्रदानमा हैन पुस्तकको व्यापारमा कर लगाइएको होः मन्त्री खतिवडा

१५ फागुन, काठमाडौँ । अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकारले ज्ञानको आदनप्रदानमा कुनै कर नलगाएको स्पष्ट पारेका छन । बिहीबार सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयमा नेपाल सरकार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले सरकारले पुस्तकको व्यापारमा मात्र कर लगाएको स्पष्ट पारे ।

उनले भने ‘ज्ञानको भण्डारमा कर लगायो भनेर भ्रमित नबनाउ । ज्ञान व्यापार गर्ने कुरा होइन त्यो त आदानप्रदान हुने कुरा हो । हामीले त पुस्तकको व्यापारमा कर लगाएको हो ।’ उनले व्यापार गरेर नाफा कमाउँदा त्यसको केही प्रतिशल तिर्नु भनेको भन्दै यसबारेमा सरकारले दोस्रो कुरा नसोच्ने बताए ।

प्रकाशित मिति : February 27, 2020 at 4:59 pm