मगर दिवसमा सार्वजनिक बिदा
१५ फागुन, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मगर समुदायको बहुल्यता रहेको गाउँपालिकामा अस्ति (मंगलबार) को निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको भनाइ छ । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

प्रकाशित मिति : February 27, 2020 at 6:56 am







