राष्ट्रपति भण्डारीको स्वागतका लागि बिहीबार बैतडीको पाटन नगरपालिकामा सार्वजनिक विदा
१४ फागुन, बैतडी । बैतडीको पाटन नगरपालिकाले भवन उद्घाटनका लागि अाउने राष्ट्रपतिलाई स्वागत गर्न नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी टनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

नगरपालिकले त्यसैको उपलक्ष्यमा नगरपालिकामा सार्वजनिक विदा दिइएको नगरपालिकाले जनाएको छ । नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले राष्ट्रपति भण्डारीको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।
राष्ट्रपति भण्डारी बुधबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहने कार्यकालिका छ। राष्ट्रपति भण्डारीले फागुन १५ गते बैतडीस्थित त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 12:19









