८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चिकित्सक संघले अनावश्यक दादागिरी देखाए प्रतिकार गर्छाैँः उपाध्यक्ष खड्का

१४ फागुन, काठमाडाैँ । नेपाल जनस्वास्थ्य संघका सचिब तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नबनियुक्त्त स्वास्थ सेवा बिभागका निमित्त महानिर्देशक महेन्द्र श्रेष्ठको नियुक्तिको बिषयमा अनावश्यक बखडा निकाले प्रतिकार गर्ने बताएका छन। स्वास्थ सेवाका जुनसुकै समुहका विशिष्ट श्रेणीका कर्मचारी निमित्त निर्देशक, निर्देशक वा सचिब बन्न पाउने स्वास्थ सेवा ऐनमा प्रष्ट हुँदा हुँदै बिबाद गर्न आबास्यक नरहेको बतायका छ्न।

विद्यमान स्वास्थ्य तथा निजामती सेवा ऐनले स्वास्थ्य सेवाको सबै विधाको वरिष्ठ स्वास्थ्यकर्मीहरुको पद सोपान अनुसार नेतृत्वदायी पदमा जान पाउने प्रावधान गरेको छ । चिकित्सक भन्दा ४ गुना बढी अन्य समुहका स्वास्थ कर्मिहरुमाथिको भेदभाव सह्य हुँदैन। स्वास्थ्य सेवा ऐन २०५५ ले प्राविधिक, व्यवस्थापकीय तथा संचार सीप भएका वरिष्ठ स्वास्थ्य व्यवसायी मध्येबाट स्वास्थ्य सेवा विभागको महानिर्देशक पद कानूनी रुपमा सम्पूर्ण विधाका स्वास्थ्य व्यवसायीहरुलाई खुला गरेको छ ।

नेपाल चिकित्सक संघले उक्त बिज्ञप्ति समयमा नै सच्याई सम्पूर्ण विधाका स्वास्थ्य व्यावसायीहरुको अस्तित्व सम्मान गर्न आग्रह गरिन्छ । यसै सन्दर्भमा नेपाल चिकित्सक संघले बिज्ञप्ति मार्फत गैरचिकित्सक्लाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिनु उपयुक्त नहुने भन्ने तर्क जायज देखिदैन खड्काले भने।

प्रकाशित मिति : February 26, 2020 at 8:22 am