वामदेवका लागि संविधान संशाेधन गर्ने बहसमा प्रदीप ज्ञवालीको चिन्ता : नेकपाको भविष्य के हुन्छ ?
१३ फागुन, काठमाडौँ । जनमतले पाँच वर्षका लागि अस्वीकृत भएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष बामदेव गौतमका लागि संविधान संशोधन गर्ने बहस चल्न थालेपछि अनेक शंका र उपशंकासहित बहस चलिरहेको छ । यहीक्रममा नेकपाका स्थायी समितिका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाको भविष्य के हुने भन्दै चिन्ता प्रकट गरेका छन ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै मन्त्री ज्ञवालीले संविधान संशोधनको बहसलाइ बेमौसमी भनेका छन । उनले कहिले आलोपालो प्रधानमन्त्रीको कुरा त कहिले शासन प्राणाली नै परिवर्तनको विषय उप्काएर अस्थितरता सिर्जना खोजेको भन्दै असन्तुष्ट पोखेका हुन ।
ज्ञवालीले फेसबुकमा यस्तो लेखेका छन
कमरेडहरू,गतस्निर्वाचनमा हामीमाथि जनविश्वासको मुख्य आधार थियो(स्थिरता र समृद्धिको अपिल। तर कहिले आलोपालो प्रमं त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रमं हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।
के हामी नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिरहेका छौं ? अनि, यसको मूल्य ?

प्रकाशित मिति : 23:11









