संसदमा गणित भए पनि प्रधानमन्त्री ओलीको शासन गर्ने वैधानिक योग्यता र क्षमता गुम्योः गगन थापा
१३ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको बताएका छन । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्य र सिंगो नेपालको स्वास्थ्यको लागि राजिनामा दिनुपर्ने बताए । थापाले प्रधानमन्त्रीले बास्कोटाको अडियोको बारेमा पहिल्यै जानकारी भएर पनि संरक्षण गरेको अारोप लगाए । उनले बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे।
प्रकाशित मिति : 17:18









