१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कालापानीमा चौकी स्थापना गराैँः नेता रावल

१३ फागुन, काठमाडाैँ । नेकपा नेता एवं सांसद भीमबहादुर रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमणलगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार संसदको विशेष समयमा उहाँले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गर्नुभयो ।

सीमा सुरक्षा सर्वाधिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धिसम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गर्नुभयो । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुयो ।

प्रकाशित मिति : 17:04