२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मिस ब्युटी अफ चितवनको ताज कृतिलाई

१३ फागुन, चितवन । मिस ब्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकी छन् । भरतपुरमा रहेको ट्प वन मिडिया प्रालिको आयोजनामा भएको ग्रान्ड फिनालेमा फस्ट रनर अप नविना कँडेल, सेकेन्ड रनर अप रस्मिता अधिकारी, अर्गनाइजर च्वाइस प्रतीक्षा अधिकारी, मिस कन्फिडेन्स प्रतीक्षा अधिकारी, मिस पपुलर कृति चौधरी, बेस्ट वक प्रतिक्षा अधिकारी, बेस्ट आइज खुसी सुनुवार, मोस्ट फोटोजेनिक कमला खत्री, बेस्ट फिगर कृति चौधरी, भ्युर्वस च्वाइस नवीना कँडेल, मस्ट ट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिलिन सीता सापकोटा भए ।

आयोजक ट्प वन मिडिया प्रालिका प्रबन्ध निर्देशक रब्स सापकोटाका अनुसार फाइनल चरणको निर्णायकमा नायिका अनीता केसी, निर्माता वसन्त शर्मा, नायिका सोनी बीसी, रंगकर्मी रफि शाह थिए । कार्यक्रमको विशेष आकर्षणका रुपमा चलचित्र लेखक मौनता श्रेष्ठ, नायक दिवश धिताल, निर्माता निर्देशक राजु अधिकारी, निर्माता तुलसी आचार्य, चलचित्रकर्मी प्रदीप केडी र सागर ढुंगाना थिए ।

विजेताहरुले थाइल्यान्ड टुरको प्याकेजसहित, विभिन्न आकर्षक पुरस्कारसहित राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउने, चलचित्र, म्युजिक भिडियोको अवसर प्रदान गरिने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : February 25, 2020 at 7:26 am